साफ कपका विजेता-उपविजेताको जानाकारी
- १९९३ लाहोरमा भारतले लिग मूल्याङ्कनको आधारमा श्रीलंकालाई पराजित गरेको थियो ।
- १९९५ कोलम्बोमा श्रीलंकाले भारतलाई १-० (थप समयमा) ले पराजित गरेको थियो ।
- १९९७ काठमाडौमा भारतले माल्दिभ्सलाई ५-१ ले पराजित गरेको थियो ।
- १९९९ मार्गाओ मा भारतले बङलादेशलाई २-० ले पराजित गरेको थियो ।
- २००३ ढाकामा बङ्लादेशले माल्दिभ्सलाई १-१, ५-३ (पेनाल्टी)ले पराजित गरेको थियो ।
- २००५ कराचीमा भारतले बङ्लादेशलाई २-० ले पराजित गरेको थियो ।
- यसैगरी २००८ मा माले र कोलम्बोमा माल्दिभ्सले भारतलाई १-० ले पराजित गरेको थियो
- २०११ नयाँ दिल्लीमा भारतले अफगानिस्तानलाई ४-० ले हराउदै दक्षिण एशियाली फूट्बल महासंघको कप हात पारेको छ ।
यसरी साफ कपमा भारत ५ पटक विजेता र २ पटक उपविजेता बनेको छ । बङ्लादेश र माल्दिभ्स १-१ पटक विजेता र २-२ पटक उपविजेता बनेका छन् । श्रीलंका १ पटक विजेता र १ पटक उपविजेता बनेको छ । पहिलोपटक साफ कप खेलेको अफगानिस्तान उपविजेता बन्न सफल बनेको छ ।
नयाँ दिल्ली साफ कपका खेलहरु हेर्न यहाँ क्लिक गर्नुहोला ।
0 comments