• नेपाल
  • प्रवास
  • विश्व
  • रेडियो / बहस
  • दृष्टिकोण
  • भलाकुसारी
  • साहित्य
  • जानकारी
  • मनोरञ्जन
  • प्रविधि
  • श्रव्यदृश्य
  • फोटो ग्यालरी
  • ENGLISH

----------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------
----
  • गृह पृष्‍ठ
  • समाचार
  • मनोरञ्जन
  • यौन जीवन
  • अचम्मैको दुनियाँ
  • सङ्गीत संसार
  • वृत्तचित्र (डकुमेन्ट्री) हरु
  • साहित्य
  • कुराकानी
  • दृष्‍टिकोण
  • फोटोशुट
  • ENGLISH
Press Release » पेट्रोलियम पदार्थको मूल्यवृद्धि सम्बन्धमा विज्ञप्ती
पेट्रोलियम पदार्थको मूल्यवृद्धि सम्बन्धमा विज्ञप्ती

Place your ad here
Loading...

संयुक्त लोकतान्त्रिक मोर्चा नेपाल
केन्द्रीय कार्यालय, काठमाडौं । सम्पर्क फोन ९८४१५१८९७२ ईमेल udfnepal2010@gmail.com

मितिः­– २०६८।१०।०५

पेट्रोलियम पदार्थको मूल्यवृद्धि सम्बन्धमा विज्ञप्ती

पेट्रोलियम पदार्थको उपभोक्ता मूल्यमा सरकारले हालै गरेको भारी वृद्धि सम्बन्धमा यस मोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ ।
चलायमान विश्व अर्थतन्त्रमा यो सामान्य कुरा हो कि भिन्न मुलुकहरुमा पेट्रोलियम पदार्थको मूल्यमा थपघट भइरहन्छ र अहिले केहि वृद्धि भएको छ । तर अरु मुलुकमा जुन अनुपातमा मूल्य वृद्धि भएको छ, नेपालमा ती पदार्थको मूल्य वृद्धि अस्वाभाविक मात्र होइन अविवेकी र अत्याचारी किसिमको छ । नेपालले आफूलाई आवश्यक सम्पूर्ण पेट्रोलियम पदार्थ ईण्डियन आयल निगमसंग मात्र किनेर आयात गरिरहेको छ ।
ईण्डियन आयल निगमले हाल अधिकतम ने.रु. ११३।– प्रति लिटरमा बेचिरहेको पेट्रोलको भाउ नेपालमा ने.रु. ११५।– कायम गरिएकोलाई अन्यथा नभनिए तापनि भारतमा अधिकतम ने.रु. ७२।– प्रति लिटरमा पाइने डिजेलको भाउलाई नेपालमा ने.रु. ८५।– कायम गरिएको लाई जायज मान्न सकिन्न । यसले गर्दा सार्वजनिक यातायात तथा ढुवानी भाडामा वृद्धि भई सर्वसाधारण जनता ठूलो मर्कामा पर्ने स्पष्टै छ । त्यसैगरी भारतमा अधिकतम प्रति लिटर ने.रु. २४।– मा पाइने मट्टितेल र प्रति सिलिण्डर ने.रु. ६४८।– मा पाइने ग्यासको मूल्य नेपालमा क्रमसः ने.रु. ८५।– र ने.रु. १५००।– कायम गरिएको छ । यसलाई के आधारमा जायज मान्ने ? जनताको गाँस पकाउने काममा प्रयोग हुने मट्टितेल र ग्यासको मूल्यमा गरिएको वृद्धि यस कारण अविवेकी र अत्याचारी छ, जनतामारा छ । यसरी जनताको रगतपसिना चुसेर पनि नेपाल आयल निगमलाई संधै घाटामा गएको देखाउने नेपाल सरकारको नांगो नाचप्रति यस मोर्चा रोष र आपत्ति प्रकट गर्दछ, भत्सर्ना गर्दछ र डिजेल, मटितेल र ग्यासको भाउ कमसेकम भारतीय बजार भाउसंग मिल्ने गरी तत्काल घटाउन जोडदार माग गर्दछ ।

महेश्वर श्रेष्ठ,
संयोजक,
संयुक्त लोकतान्त्रिक मोर्चा नेपाल
Place your ad here
Loading...

Labels: Press Release

0 comments

Post a Comment
Newer Post Older Post Home
PageRank

आभारी छौ, सहयात्रीहरुप्रति
हाम्रा पछिल्ला सामग्रीहरु
हाम्रा सामग्रीहरुको वर्गीकरण
  • LABELs (3)
Copyright © 2013. www.NamasteNEPALI.com All rights reserved
Template Design Modified by: Yogendra Milan Chhantyal