• नेपाल
  • प्रवास
  • विश्व
  • रेडियो / बहस
  • दृष्टिकोण
  • भलाकुसारी
  • साहित्य
  • जानकारी
  • मनोरञ्जन
  • प्रविधि
  • श्रव्यदृश्य
  • फोटो ग्यालरी
  • ENGLISH

----------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------
----
  • गृह पृष्‍ठ
  • समाचार
  • मनोरञ्जन
  • यौन जीवन
  • अचम्मैको दुनियाँ
  • सङ्गीत संसार
  • वृत्तचित्र (डकुमेन्ट्री) हरु
  • साहित्य
  • कुराकानी
  • दृष्‍टिकोण
  • फोटोशुट
  • ENGLISH
Press Release » आफुलाई महासचिव भन्ने सम्झना थापा एनआरएन जापानको कुनै पनि पदमा छैनन्
आफुलाई महासचिव भन्ने सम्झना थापा एनआरएन जापानको कुनै पनि पदमा छैनन्

Place your ad here
Loading...
प्रेस बिज्ञप्ति 

नेपालबाट प्रसारण भएको नेपाल वन टेलिभिजनको एक कार्यक्रममा एन आर एन जापानको पदीय दुरुपयोग गर्दै एक महिलाले दिएको अन्तर्वार्तामा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ | उज्जु डार्लिंग नामक उक्त कार्यक्रममा आफु एन आर एन जापानको सचिव पदमा निर्वाचित भएको भन्दै दिएको अन्तर्वार्ता सरासर झुट र भ्रामक भएकोले उक्त अन्तर्वाता प्रति घोर आपत्ति प्रकट गर्दछौ | साथै,उक्त कार्यक्रमको फल्यास गरिएको टेलोपमा अन्तर्वार्ता दिएकी महिलालाई ईङ्कित गर्दै एन आर एन जापानको महासचिब भनि देखाईएको छ,जुन झुट र भ्रामक प्रचारको निम्ति प्रयोग गरिएको भन्ने हाम्रो ठहर छ | उक्त कार्यक्रममा प्रसारण गरिएकी सम्झना थापा गरेकी महिला एन आर एन जापानको कुनै पनि पदमा नरहेको जानकारी पनि गराउन चाहन्छौ |

यस्ता खाले झुट,भ्रामक, अतिरन्जित र प्रोपागाण्डाको ब्युँ छर्ने खबर प्रशारणले गर्दा नेपाल वान भन्ने च्यालनको हैसियत नेपाली जनता र बिशेष गरि जापानबासी नेपाली माझ छर्लंग भएको छ | हाम्रो नजरमा निज थापा भन्दा पनि अध्यन र अनुसन्धान बिनानै कार्यक्रमको निर्माण गरि बालबच्चापनले प्रसारण गर्दै एउटा गरिमामय सस्थाको पदीय दुरुपयोग गरिनुमा व्यक्तिगत स्वार्थको लागि रणनीतिक प्रपोगाण्ड रचिएको हो भन्ने ठम्याई रहेकोले यसको वास्तविकता सार्वजनिक गर्न सम्बन्धित प्रसारण केन्द्र समक्ष माग गर्दछौ | यसका साथै,सत्य तथ्य खबर सम्प्रेशण र प्रसंशनीय कार्यक्रम प्रस्तुतिमा केन्द्रिकृत हुन पनि अनुरोध गर्दछौ |

सरोज कंडेल
सचिब
एन आर एन जापान
१५ फेब्रुअरी २०१२ 
Place your ad here
Loading...

Labels: Press Release

0 comments

Post a Comment
Newer Post Older Post Home
PageRank

आभारी छौ, सहयात्रीहरुप्रति
हाम्रा पछिल्ला सामग्रीहरु
हाम्रा सामग्रीहरुको वर्गीकरण
  • LABELs (3)
Copyright © 2013. www.NamasteNEPALI.com All rights reserved
Template Design Modified by: Yogendra Milan Chhantyal