नेपाली जनप्रगतिशील मंच पोर्तुगलद्वारा प्रेस विज्ञप्ति जारी
नेपाली जनप्रगतिशील मंच बेल्जियम र डि सी नेपाल अनलाइन खबर पत्रिकाबाट पटक-पटक गरी प्रेषित प्रेस विज्ञप्तिहरुबाट यस मंचको गम्भीर रुपमा ध्यान आकर्षण भएको कुरा जानकारी गराउदै उक्त जारी विज्ञप्ति नियमसंगत प्रक्रिया नपुर्याइ, सम्पूर्ण युरोप संगठनका जिम्मेवार साथीहरुलाई पुर्व सूचना नगरिकन र अन्य आवश्यक प्रक्रियाहरुको पूर्णता विना प्रेषित गरिएको कुरा प्रति खेद प्रकट गर्दछ! साथै आगामी दिनहरुमा पनि यस्ता कार्यहरु नदोहर्याउनको लागि हार्दिक अनुरोध गर्दछौं किनकी यस्ता कार्यहरुले गर्दा युरोपका संगठन-संगठनहरु बीच आपसी असमझदारी बढ्न सक्नेछ भन्ने हाम्रो ठहर छ! आजको वर्तमान परिस्थितिमा युरोपका सम्पूर्ण जनप्रगतिशील संगठनहरु एक ढिक्का भएर जनताको हक, अधिकार सहितको जनसंविधान लेखन कार्यको पूर्णता, शान्ति प्रक्रियालाई ठोस निस्कर्षमा र सम्मान पुर्वक सेना समायोजन प्रक्रियालाई पूर्णता गर्ने जस्ता मुलभूत कुराहरु अबको बाँकी छोटो समयमै पुरा गर्नको लागि हार्दिक एक्येवद्धता जाहेर गर्नुपर्ने आवश्यकता छ!
हाम्रो देश नेपाल अर्धसामन्ती र अर्धऔपनिवेशिक चपेटाको भुमरीमा रुमल्लिरहेको कुरा तपाई हामीलाई अवगत नै छ! २०४६ साल चैत्र २४ को महान जनान्दोलन पक्कै पनि चरम उत्कर्ष को बिन्दुमा पुगेको कुरा पनि हाम्रो मानसपटलमा अझै ताजा छ! यस जनान्दोलनले तत्कालिन निर्दलीय पंचायती राज्य व्यवस्थाको अन्त्य गरि बहुदलीय व्यवस्थाको स्थापना गर्न सफल भयो! तर पनि नेपाली जनता अझै सार्वभौम बन्न सकेनन! नेपाली जनताहरु अझै पनि आफ्नो हक र अधिकारबाट बन्चित नै भए! हाम्रो तत्कालिन महान गौरान्वित पार्टी ने.क.पा.(माओवादी ) र दलहरु बीच भएको १२ बुंदे समझदारीबाट शुरु भएको ऐतिहासिक महान जनान्दोलन २०६२\६३ को सुरुवात पनि चैत्र २४ बाट नै सुरु भएको आन्दोलनले २४० वर्षे एकात्मक राजतन्त्रलाइ फ्याक्न मात्र सफल भएन संविधान सभाको निर्वाचन सम्पन्न र गणतन्त्र नेपालको समेत स्थापना भयो! त्यसैले गर्दा नै चैत्र २४ लाइ जन आन्दोलन दिवसको रुपमा मनाउन अपरिहर्य छ ! त्यसैले, चैत्र २४ लाई जनआन्दोलन दिवसको रुपमा मनाउने कुरालाई हामी सम्मान गर्न चाहन्छौँ ।
नेपाल अहिले जटिल अबस्थामा गुज्रिरहेको छ! नेपाली जनताहरुको महान त्याग र बलिदानबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्दै जानुपर्ने बेलामा बिभिन्न तवरबाट देशको अग्रगामी परिबर्तन, शान्ति र संबिधान नचाहने तत्वहरुले योजनाबद्ध रुपमा आक्रमण गरिरहेका छन! जुन महान जनयुद्ध र जनआन्दोलन को सफलताको फलस्वरुप पुस्तौ देखिको सामन्ती राजसस्थाको अन्त्य, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, धर्मं निरपेक्षता र संबिधान सभाको निर्बाचन भइसकेको छ! नेपाली जनताले संबिधान सभाको निर्बाचनमा एनेकपा माओबादीलाई सबैभन्दा ठुलो दल बनाएका छन ! संबिधान सभाको निर्बाचन भएको आज ४ बर्ष बितिसक्दा पनी संबिधान बन्न सकेको छैन! सेना समायोजन र शान्ति प्रकृया पनी टुंगोमा पुगेको छैन ! देश भित्र तथा बाहिरी शक्तिहरू जसले आफ्नो स्वार्थको लागी नेपाल र नेपाली जनताको हित र चाहना बिपरीत बन्न लागेको नेपाली जनताको संघीय जनसंबिधान र शान्तिप्रकृयालाई बिभिन्न तवरबाट असफल बनाउने कोसिस गरिरहेका छन! यस जटिल अबस्थामा स्वयम एनेकपा माओबादी भित्र देखिएको दुइ लाइन संघर्ष चरम उत्कर्षमा पुगेको कुराले सिंगो पार्टी तथा यस महान पार्टीमा सम्वद्ध देशभित्र तथा प्रवास रहेका प्रगतिशील संगठनहरु तथा यससंग हातेमालो गर्दै अगाडी बढ्ने कार्यकर्ताहरुमा देखिएको आन्योलको वातावरणले कुइरोको कागको रुपमा देखिन पुगेको अवस्थालाई चिर्दै जो जहा छ त्यहिबाट एकजुट भइ, हातेमालो गरि पार्टीलाई नफुटाई एक ढिक्का बनाउनमा तपाई हामी सम्पूर्ण प्रगतिशील साथीहरु एकजुट भइ दवाबमुलक कार्य गर्नु पर्ने आवश्यकताको टड्कारो छ! पार्टीभित्र देखिएको अन्तरसंघर्ष लाई छलफल, बैठक र मन्थनबाट निस्कर्ष निकाली त्यसको न्यूनीकरणतिर लागि हिजो हाम्रो महान पार्टीले उठाएका गम्भीर तथा महत्वपूर्ण एजेन्डाहरु जस्तै संघियता, नागरिक सर्वोच्चता, जनजातीका हक र अधिकारहरु, क्षेत्रीयता, लैंगिकता, तराईका मुद्दाहरु, दलित तथा उत्पीधित जातिका सवाल मा उठाएका मुद्धाहरु, गरिब तथा किसानकi सवालहरु, सुकुम्वासीहरुका सवालहरु …………………..मा ध्यान केन्द्रित गरि यसको प्राप्तिको लागि संघर्षको लागि हार्दिक आह्वान गर्दछौ! यसको नेतृत्व स्वयम् हाम्रो महान गौरवान्वित पार्टी एनेकपा (माओवादी) ले नै गर्नेछ भन्ने कुरामा हामी दृढ विश्वास गर्दछौं!
हामी प्रबासमा रहेका प्रगतिशील बामपंथी र देशभक्त नेपालीहरु पनी बिभिन्न गुट र उपगुटहरुमा वकालत गरेका खबरहरु मिडियाहरुमा आएका छन! यस प्रकारको क्रियाकलापले नेपाली जनता र नेपाल को हितमा छैन भन्ने नेपाली जनप्रगतिशील मंच पोर्तुगल को ठहर छ! त्यसैले नेपाली जनप्रगतिशील मंच पोर्तुगल कुनैपनी तथाकथित गुट वा उपगुटको पक्षमा नरहेको र त्यस्तो प्रबृतिलाईकुनैपनि हालतमा सहयोग र समर्थन नगर्ने कुराको स्पस्ट रुपमा जानकारी गराउन चाहन्छौ! हामी प्रबासमा रहेका संपूर्ण बामपंथी, प्रगतिशील र देशभक्त सथिहरुलाई हामी सबै मिलेर गौरबशाली पार्टी एनेकपा माओबादीको उच्च नेतृत्व तहलाई पार्टी एकता बद्ध गरि नेपाली जनताले चाहेको संघीय जनगणतांत्रिक संबिधान र शान्ति स्थापना गर्नकोलागि दबाब सिर्जना गर्न हार्दिक आव्हान गर्दछौ! धन्यवाद!
मिति : ०६- अप्रिल, २०१२
शेर सिंह ठकुरी राम बहादुर गौचन
महासचिव अध्यक्ष
0 comments