यूरोपमा रहेका हामी प्रगतिशील वामपन्थीहरुको प्रेस विज्ञप्ति
चैत्र २४ गतेको जनआन्दोलनलाई अझै उचाईमा उठाऔं, नयां नेपाल निर्माणार्थ जनताको संघिय जनगणतान्त्रिक संबिधान निर्माण गर्न दवाव सिर्जना गरौं ।
प्रेस विज्ञप्ति
नेपाली समाज यतिवेला सामन्तवादबाट पु“जिवादमा संक्रमणको ऐतिहासिक चरणबाट गुज्रिरहेको छ । करिव अढाइ सय वर्षपहिले केन्द्रीय सामन्ती राज्यसत्ता स्थापना भए पश्चात् र झण्डै दुइ सय वर्षेखि वाह्य अर्ध-औपनिवेसिक सम्वन्धमा वा“धिएदेखि यता नेपाली समाज आन्तरिक र वाह्य अन्तरविरोधहरुको जालोमा वेरिदै अहिलेसम्म अर्ध-सामन्ती र अर्ध-औपनिवेसिक अवस्थामा रहिरहेको छ । १९९६ को वरीपरी देखी पटक पटक भएको आन्दोलनको जगमा राजतन्त्रत्मक पंचायती निर्दलिय राज्य ब्यवस्था र राजसस्थाको बिरुद्धमा नेपाली जनताले २०४६ चैत्र २४ गते जनआन्दोलन उर्त्र्सगमा पुर्याएका थिए । नेपाली जनताको जनआन्दोलन को मुख्य मर्म राजतन्त्रलाई जरै देखि फाल्ने महान लक्ष्य लिएर नेपाली जनताको जनसागर उर्लेको थियो । तर नेपालका सामन्तबादका सेवा गर्ने राजनैतिक दलका नेताहरुले केबल बहुदल प्राप्तीको नाममा सामन्तबादको नाईके राजतन्त्रलाई यथास्थानमै राखेर नेपाली जनताको आन्दोनको भावाना माथि कुठाराघात गरेका थिए भन्ने कुरा त्यस पछिका १५ बर्षा भएको असफल संसदीय ब्यवस्थाले पुष्टी गरेको छ । २०५२ देखी र्सवहारावर्गको क्रान्तिकारी अग्रदस्ता ने.क.पा. (माओवादी) को नेतृत्वमा संचालित ऐतिहासिक महान जनयुद्ध मार्फ् अग्रगामी फड्को हान्यो । महान् जनयुद्ध रणनीतिक प्रत्याक्रमणको चरणमा पुगेपछि नेपालका संसदिय पार्टर्ीी नेकपा माओवादी बिचको १२ बुदें सम्झौता पश्चात् महान् जनयुद्धको जगमा २०६२ चैत्र २४ देखी फेरी नेपाली जनताले जनआन्दोलनलाई उर्त्र्सग तर्फलगे । यही आन्दोलनको उपलब्धी स्वरुप देशमा पहीलो पटक संविधानसभाको निर्वाचन भयो । संविधानसभामा कम्युनिष्ट क्रान्तिकारीहरुको मूलधारको रुपमा विकसित एकीकृत ने.क.पा. -माओवाद) िसवभन्दा ठूलो राजनीतिक दलको रुपमा स्थापित हुन पुग्यो । संविधानसभाले विधिवत् सामन्ती निरंकुश राजतन्त्रको उन्मूलन गरेर देशलाई 'संघीय लोकतान्त्रिक गणतन्त्र' घोषणा गर्यो । यो राष्ट्रिय पु“जिवादी जनवादी क्रान्तिको विकासमा महत्वपर्ूण्ा उपलव्धी हो । तर पनि गणतन्त्र घोषणा भएको चार बर्षो समयमा समाजको अन्तरनिहित अर्ध-सामन्ती र अर्ध-औपनिवेसिक ढा“चामा अहिले पनि आधारभूत परिवर्तन भएको छैन । समाजमा लामो समयदेखि सल्वलाइरहेका वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक, सांस्कृतिक र राष्ट्रिय अन्तरविरोधहरु हल भएका छैनन् । जनसंख्याको दुइतिहाइ भन्दा वढी हिस्सा ओगट्ने किसानहरु अहिले पनि अर्ध-सामन्ती भूमि-सम्वन्धमा वा“धिएका छन् र उनीहरुमाथि साम्राज्यवादी पु“जीको आडमा फस्टाएको नोकरशाही तथा दलाल पु“जीको उत्पीडन झन् वढी थपिदै गएको छ । समाजमा आम गरीवी र वेरोजगारीको समस्या ज्यू“कात्यू“ छन । सवभन्दा गम्भीर कुरा, समग्र नेपाली राष्ट्रिय स्वधीनता, र्सार्वभौमसत्ता र भौगोलिक अखण्डता माथि विदेशी साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरुवाट भैरहेको अर्ध तथा नव-औपनिवेसिक उत्पीडन र अतिक्रमण घट्नु सट्टा वढ्दै गैरहेको छ । समग्रमा, जनताको जनवादी क्रान्तिले हल गर्नु पर्ने राष्ट्रियता, जनतन्त्र र जनजीविकाका आधारभूत प्रश्नहरु अझै हल भएका छैनन् । यि सबै समस्याको हल गर्ने बिधी भनेको अव बन्ने जनताको संघिय नयाँ जनगणतान्त्रिक संबिधान हो र नेपालको संबिधान त्यस दिशा तर्फउन्मुख हुने छ भन्ने नेपाली जनताले आशा र बिश्वास गरेका छन । यदी बिगतमा जस्तै फेरी पनि नेपाली जनताको आन्दोलनको भावना बिरुद्धमा यथास्थीतीबादीहरुको आडमा कुनै षडयन्त्र हुन गएमा अर्को जनआन्दोलनको बिकल्प रहने छैन । यि सबै बिषयहरुमा नेपालमा रहेका मुक्तिकामी नेपाली जनता र हामी प्रवासमा रहेका प्रगतीशिल, देशभक्त तथा बामपन्थिहरुको एउटै बुझाई रहेको छ । अव हुने आन्दोलनले साम्रज्यबादबाट पालीत पोषिस नेपालका प्रतिकृयाबादीहरुमा रहेका संपर्ुण्ा अवशेसहरुलाई निर्मुल पार्दै जनताको संघिय नयाँ जनगणतान्त्रिक संबिधान बन्ने निश्चित गर्ने छ ।
नेपाली जनताको अग्रगमनको आशाको केन्द्र एनेकपा माओबादीले जनताको शान्ति र संबिधानको चाहानालाई पुरा गर्न आपmनो पार्टर्ीीे आन्तरीक दवावका बावजुद पनि हदै सम्मको लचिलो हुदै अगाडी बढदै गर्दा २४ चैत्र २०६८ लाई नयां जनवादी क्रान्तिको लागी धक्का र जनआन्दोलनको बिकासका रुपमा आम पार्टर्ीीङ्गती र नेपाली जनताले बुझेका छन र हामी प्रवाशमा रहेका नेपालीहरुको बुझाई पनि हो । हालै संपन्न एकिकृत नेकपा माओबादी केन्द्रिय समितीको बैठकले घोषित आन्दोलनको कार्यक्रमले सामान्तवाद र त्यसका दलालहरुको निन्द्र हराम गरीसकेको छ । त्यसैले चैत्र २४ गतेको ऐतिहासिक जनआन्दोलन दिवसको अवसरमा शान्ति प्रकृयालाई सम्मानजनक निष्कर्षा पुर्याउन, जनताको संविधान निर्माण गर्न र राष्ट्रिय स्वाधीनताको रक्षाका लागी नेपालको शान्ति प्रकृयालाई संमानजनक सेना समायोजनका साथै जनताको संघिय लोकतान्त्रिक गणतन्त्र तर्फउन्मुख संबिधान नहुदा सम्म र नयां जनबादी ब्यवस्थामा नपुग्दा सम्म जारी राख्ने छ भन्ने हाम्रो बिश्वास छ । यूरोपमा रहेका हामी प्रगतीशिल, देशभक्त तथा बामपन्थिहरुको संगठन हालै एकिकृत नेकपा माओबादीले घोषणा गरेका आन्दोलनको संपर्ुण्ा कार्यक्रमलाई ऐक्यबद्धता जनाउदै सकृय सहयोग र र्समर्थन गर्दछौं ।
साथै चैत्र २४को जनआन्दोलन दिवसको सर्न्दर्भमा देशैभरी आयोजना हुने कार्यक्रमहरुले मुक्तिकामी नेपालीहरुको गौरवशाली पार्टर्ीीकतालाई सुदृढ गर्ने अवसर हुनेछ भन्ने बिश्वास गरेका छौं । धन्यवाद
मिति २४ चैत्र २०६८
संयुक्त नेपाली मोर्चा, युरोप
अध्यक्ष नबिन सापकोटा
नेपाली जनप्रगतिशिल मंच, बेल्जियम
अध्यक्ष सुरेन्द्र भुषाल
अन्तराष्ट्रियतावादी नेपाली ऐक्यवद्धता मंचर्,जर्मनी
अध्यक्ष शोभाखर शर्मा
नेपाली जनप्रगतिशील मञ्च , नर्वे
अध्यक्ष डा. कृष्ण अर्याल
नेपाली जनजाति सरोकार मञ्च, यूरोप
जित बहादुर लामा
नेपाली जनजाति सरोकार मञ्च वेल्जियम
मनिष गुरुङ्ग
नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, बेल्जियम
अध्यक्ष कृष्ण तिवारी
नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, नेदरल्याण्ड
अध्यक्ष तुलसी अमगार्ंइ
नेपाली जनप्रगतिशिल मंच, फ्रान्स
अध्यक्ष अशोक घले
नेपाली ऐक्यवद्धता मंच,स्वीट्जरल्याण्ड
अध्यक्ष अच्यूत फुयाल
मगर राष्ट्रिय मुक्ति मोर्चा, वेल्जियम
यूरोपर् इन्चार्ज बिरमान र्घर्तिमगर
नेपाली प्रगतिशील महिला मञ्च,वेल्जियम
का. अध्यक्ष निर्मला बजगार्ंइ
तमु राष्ट्रिय मुक्ति मोर्चा, बेल्जियम
अध्यक्ष गम वहादुर गुरुङ
नेपाली जनप्रगतिशील मञ्च, नेदरल्यण्ड
अध्यक्ष रामचन्द्र पोख्रेल
नेपाली जनप्रगतिशिल मंच,पोर्चुगल
अध्यक्ष राम गौचन
नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, जर्मनी
अध्यक्ष गंगालाल श्रेष्ठ
नेपाली जनप्रगतिशिल मंच, स्पेन
अध्यक्ष, इश्वर शर्मा
नेपाली जनप्रगतिशील मञ्च डेनमार्क
अध्यक्ष उदयराज गौतम
नेपाली जनप्रगतिशील मञ्च, इटाली
अध्यक्ष बाबुराम खतिवडा
0 comments