• नेपाल
  • प्रवास
  • विश्व
  • रेडियो / बहस
  • दृष्टिकोण
  • भलाकुसारी
  • साहित्य
  • जानकारी
  • मनोरञ्जन
  • प्रविधि
  • श्रव्यदृश्य
  • फोटो ग्यालरी
  • ENGLISH

----------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------
----
  • गृह पृष्‍ठ
  • समाचार
  • मनोरञ्जन
  • यौन जीवन
  • अचम्मैको दुनियाँ
  • सङ्गीत संसार
  • वृत्तचित्र (डकुमेन्ट्री) हरु
  • साहित्य
  • कुराकानी
  • दृष्‍टिकोण
  • फोटोशुट
  • ENGLISH
Press Release » संविधान निर्माण नभएकोमा युवा महासंघको खेद
संविधान निर्माण नभएकोमा युवा महासंघको खेद

Place your ad here
Loading...

      मितिः २०६९ जेठ १५ गते

 राष्ट्रिय युवा महासंघ, नेपालको प्रेस विज्ञप्ती

संविधान निर्माणका लागि जनताद्वारा निर्वाचित संविधानसभाका सभासद्हरूसँग संविधान निर्माण कार्यका लागि प्रशस्त समय हुँदाहुँदै संविधान निर्माण नगरी संविधानसभा विघटन गरेको घटनाप्रति राष्ट्रिय युवा महासंघ, नेपालको गम्भिर ध्यानाकर्षण भएको छ । साथै, दलगत तथा गुटगत स्वार्थका कारण संविधान निर्माण नभएको अवस्थाप्रति खेद प्रकट गर्दछौ । 

दुई वर्षका लागि निर्वाचित संविधानसभा चार वर्षसम्म लम्बिदा पनि राजनीतिक दलहरूले संविधान निर्माणमा चासो नदिएका कारणले देशमा राजनीतिक शून्यता आएको हाम्रो ठहर रहेको छ । जनताले संविधान बनाउन चुनेका सभासद्हरू अन्यत्र व्यस्त रहने, दलका शीर्ष नेताहरु गम्भिर नहुँदा नयाँ संविधानबिना नै संविधान सभाले विगठनको नियति भोग्नु परेको हो । राजनीतिक दलहरूका नेतामा जिम्मेवारीपन तथा जवाफदेहीता नभएका कारण देश अस्थिरताको भूमरीमा फसेको वास्तविकता सबैका सामु जगजाहेर नै छ । यसमा पूर्णतया राजनीतिक दल, नेपाल सरकार तथा सभासद् सबै उत्तिकै जिम्मेवार रहेको हाम्रो ठम्म्याई हो । 

देशमा गम्भिर परिस्थितिको सिर्जना भए पनि समाधानको विकल्प छैन । राजनीतिक दलहरूको बीचमा सहमति नभई देशले निकास पाउन सक्ने अवस्था पनि छैन । राजनीतिक दलहरू जिम्मेवार बनेर राजनीतिक तथा दलगत स्वार्थभन्दा माथि उठी राष्ट्र र जनताको हितलाई ध्यान दिई सहमतिको आधारमा निकास खोजिनुपर्छ । 

नेपाली जनताको एक मात्र चाहाना हो, राष्ट्रलाई दलदलबाट बचाउनु राजनीतिक दल, नेपाल सरकार तथा राष्ट्रपतिको अहम् जिम्मेवारी हो । अन्तमा, सबैले आफ्नो जिम्मेवारी बहन गरी राष्ट्रलाई उचित निकास दिनको पहल गर्न सबैलाई आग्रह गर्दछौ । र,  संक्रमणकालीन समयमा संयम रही आफ्नो दायित्व पूरा गर्न सबै आम नेपाली दाजु भाई तथा दिदी बहिनीसामु हार्दिक अपील गर्दछौ ।  
   
कबिन्द्र बुर्लाकोटी
अध्यक्ष 
लोकराज अवस्थी
महासचिव

Place your ad here
Loading...

Labels: Press Release

0 comments

Post a Comment
Newer Post Older Post Home
PageRank

आभारी छौ, सहयात्रीहरुप्रति
हाम्रा पछिल्ला सामग्रीहरु
हाम्रा सामग्रीहरुको वर्गीकरण
  • LABELs (3)
Copyright © 2013. www.NamasteNEPALI.com All rights reserved
Template Design Modified by: Yogendra Milan Chhantyal