बिपीको स्मृति गर्दै पोर्चुगलमा रक्तदान कार्यक्रम गरिने
लिस्बोन । बिपी स्मृति दिवसको अवसरमा नेपाली जनसम्पर्क समिति पोर्चुगलले जुलाई २१ अर्थात् साउन ६ गते रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । हरेक वर्ष जस्तै जनसम्पर्कले बिबिध कार्यक्रमको आयोजना गरि बिपी स्मृति दिवस मनाउने भएको हो ।
नेपालीहरुले पोर्चुगलमा रक्तदान कार्यक्रम आयोजना गरेको यो पहिलो अवसर हो । रक्तदान गरी जीवनदान गर्ने यस पवित्र अभियानमा सहयोग पुर्याउन अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले पोर्चुगलवासी नेपाली दिदीबहिनी तथा दाजुभाईहरुलाई अनुरोध गर्नु भएको छ ।
कार्यक्रम हुने समय र स्थान -
२१ जुलाई दिउँसो १२ देखि १७ बजेसम्म
PATIO DE SALEMA N.4
1150-062 LISBOA



0 comments