• नेपाल
  • प्रवास
  • विश्व
  • रेडियो / बहस
  • दृष्टिकोण
  • भलाकुसारी
  • साहित्य
  • जानकारी
  • मनोरञ्जन
  • प्रविधि
  • श्रव्यदृश्य
  • फोटो ग्यालरी
  • ENGLISH

----------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------
----
  • गृह पृष्‍ठ
  • समाचार
  • मनोरञ्जन
  • यौन जीवन
  • अचम्मैको दुनियाँ
  • सङ्गीत संसार
  • वृत्तचित्र (डकुमेन्ट्री) हरु
  • साहित्य
  • कुराकानी
  • दृष्‍टिकोण
  • फोटोशुट
  • ENGLISH
नेपाल सेरोफेरो » बबरमहल विस्फोटका 'नाइके' पाँचथरमा पक्राउ
बबरमहल विस्फोटका 'नाइके' पाँचथरमा पक्राउ

Place your ad here
Loading...
खिलानाथ ढकाल, विराटनगर, १३ असार । चार महिनाअघि काठमाडौँको बबरमहलमा तीन जनाको ज्यान जाने गरी गराइएको बम विस्फोटको जिम्मेवारी सञ्चारमाध्यममार्फत् लिने देवराज लामा भनिने राजकुमार तामाङलाई प्रहरीले गएराति पाँचथरमा गिरफ्तार गरेको छ । क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले आज पत्रकार सम्मेलन गर्दै उनलाई सार्वजनिक गरेको छ ।

क्षेत्रीय प्रहरी प्रमुख डीआइजी सुरेन्द्रबहादुर शाहले पाँचथरको लुङरुप्पा गाविस २ बाट उनलाई गिरफ्तार गरिएको जानकारी दिए ।
उनका अनुसार धनकुटा स्थायी घर भएका लामा ३ महिनादेखि भागेर पाँचथरमा संगठन विस्तारमा सक्रिय थिए। 'त्यहाँ उनी किरात जनवादी वर्कर्स र माओवादीका पूर्व लडाकुहरुसँग मिली संगठन विस्तार गरिरहेका थिए' डीआइजी शाहले भने, 'इलाम, झापा र पाँचथरमा थप विस्फोट गराउने योजना बनाइरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।'

गत फागुन १५ गते बबरमहलस्थित नेपाल आयल निगमअगाडि भएको विस्फोटमा कृष्णबहादुर तामाङ र वीरबहादुर तामाङको घटनास्थलमै र ७० वर्षीय मानबहादुर तामाङको उपचार क्रममा वीर अस्पतालमा मृत्यु भएको थियो।

विस्फोट लगत्तै विश्वक्रान्ति उपनामबाट सञ्चार माध्यममा फोन गर्दै लामाले घटना आफूहरुले गराएको बताएका थिए। आजको पत्रकार सम्मेलनमा पनि उनले विस्फोट आफूले गराएको स्वीकारे। उनले पेट्रोलियम पदार्थको भाउ बढाएकोले चेतावनी दिन बम पड्काएको जिकिर गरे।

यसअघि प्रहरीले घटनामा संलग्न भएको आरोपमा नुवाकोट ओखरपौवाका ३५ वर्षीय भीमबहादुर तामाङ, रामेछाप दर्गाका ३० वर्षीय निमा दोर्जे तामाङ, हेटौडा पदमपोखरीका ६० वर्षीय बुद्धिबहादुर गोले, धादिङ छत्रे देउरालीका २८ वर्षीय प्रेम तामाङ, नौविसे धुसेनीका २० वर्षीय सागर लामा र तसरपुर धादिङका २० वर्षीय सुरेश लामालाई पक्रिसकेको छ। - नागरिक
Place your ad here
Loading...

Labels: नेपाल सेरोफेरो

1 comments

Unknown
June 27, 2012 at 1:20 AM

teslai pani marnu par6 hattyara lai

Post a Comment
Newer Post Older Post Home
PageRank

आभारी छौ, सहयात्रीहरुप्रति
हाम्रा पछिल्ला सामग्रीहरु
हाम्रा सामग्रीहरुको वर्गीकरण
  • LABELs (3)
Copyright © 2013. www.NamasteNEPALI.com All rights reserved
Template Design Modified by: Yogendra Milan Chhantyal