सफलताका रहस्यहरु
- स्वेट मार्डेन
आत्म विश्वासको फल सभ्यताको आश्चर्यजनक विकासको ईतिहास उनीहरुको अनगिन्ती ज्ञात अज्ञात प्रयत्नको फल हो । जसले अनेक समस्याहरुसँग लडेर मनुस्यलाई ढुङे युगबाट निकालेर आजको रकेट्को युगसम्म लिएर आएको छ । यिनै कर्मठ मानिसहरुले जे कष्ट गरेको छ जे समस्या भोगेको छ , के हामीले त्यस्को कल्पना मात्र गर्न सक्छौ ? कति कष्ट गरेर उनीहरुले हामीलाई त्यो जङली ढुङे युगबाट अहिलेको कम्प्युटरको युगसम्म ल्याइ पुर्याएको होला । यदि यी कर्मठ मानिसहरु आफ्नो मुक साधना नलागेको भए के आजको मनुस्यको यो रुप हुन्थ्यो त ?


