संविधान सभाको विघटनप्रति मसालको दुःख र क्षोभ
नेपाल कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय
वक्तव्य
संविधानको निर्माण नगरिकन जसरी संविधानसभाको विघटन हुन गएको छ, त्यस प्रति ने.क.पा. (मसाल)ले गम्भीर प्रकारको दुःख र क्षोभ प्रकट गर्दछ ।
नेपालमा संविधानसभाको चुनावको संघर्षका लागि ने.क.पा. (मसाल) ले सबैभन्दा लामो समयसम्म, अर्थात करिब ५ दशकसम्म निरन्तर संघर्ष गरेको कुरा ऐतिहासिक तथ्य हो । पछि बारम्बार संविधानसभाको विरोध गर्दै आएका अन्य राजनीतिक शक्तिहरु पनि त्यो संघर्षमा सामेल भए र सबैको सम्मिलित संघर्षको परिणामस्वरुप त्यो चुनाव सम्भव भएको थियो । तर अहिले संविधानको निर्माण नगरिकन त्यसको विघटन हुनु सम्पूर्ण देशको लागि अत्यन्त दुर्भाग्यको कुरा हो ।
देशका प्रमुख राजनीतिक शक्तिहरुले संविधानको निर्माणमाभन्दा सत्ताको प्रतिस्पर्धामा नै बढी समय खर्च गरेकोले नै संविधानको निर्माण हुन सकेन । खास गरेर माओवादीको भूमिका वा कार्यशैली त्यसका लागि सबैभन्दा बढी जिम्मेवार छ । त्यसका साथै देशमा जवस्र्तीपूर्वक माथिबाट संघीयता लाद्न खोजेकाले तथा जातिवादी र मधेशवादी संगठनहरुमा गतिविधिहरुका कारणले पनि संविधानको निर्माणमा बाधा पुगेको कुरा प्रष्ट छ । माओवादीहरुको एउटा पक्षले जनसंविधानका नाममा लोकतान्त्रिक संविधान बन्न नदिन संगठित रुपले प्रयत्न गरेको कारणले पनि संविधानको निर्माणमा धेरै बाधा पुग्यो । अहिले संघीयताका कारणले संविधानको निर्माणमा गम्भीर प्रकारले बाधा पुगेको कुरामाथि ध्यान दिंदा त्यो प्रणाली मूलभूत रुपमा नै देशका लागि अनुपयुक्त भएको कुरा पनि प्रष्ट भएको छ ।
जुन कारणहरुको परिणामस्वरुप संविधानको निर्माणमा बाधा पुग्यो, ती कारणहरुले लामो समयसम्म देशको राजनीतिक स्थितिलाई प्रभावित गरिरहने र त्यसले गर्दा अहिले देशमा देखापरेको अन्यौल र अनिश्चयताको स्थिति पनि लामो समयसम्म रहिरहने सम्भावनाप्रति पनि हाम्रो पार्टीले सम्पूर्ण जनताको ध्यान आकर्षण गर्न चाहन्छ । त्यस सिलसिलामा हामीले यो कुरामा पनि जोड दिन चाहन्छौं कि त्यसप्रकारका कारणहरु वा त्यस प्रकारका नीति र गतिविधिका लागि जिम्मेवार राजनीतिक शक्ति वा संगठनहरुका विरुद्ध उच्च प्रकारको चेतना, सतर्कता र आन्दोलनको बलमा नै अहिले देखापरेको जस्तो स्थितिको पुनरावृत्तिलाई रोक्नु र त्यसरी देशलाई अग्रगमनको दिशामा लैजानु सम्भव हुनेछ । अन्यथा देशमा बारम्बार अहिलेको जस्तो अवांछित प्रकारको परिस्थितिको पुनरावृत्तिको सम्भावनालाई अस्वीकार गर्न सकिन्न ।
देशका प्रमुख राजनीतिक शक्तिहरु, मुख्यतः माओवादीको भूमिकाका कारणले बारम्बार संविधानसभाको म्याद थप्दै गएर पनि संविधानको निर्मँण हुन नसकेको अवस्थामा त्यसलाई (संविधानसभा) लाई निरन्तरता दिनुको कुनै अर्थ वा औचित्यता थिएन । त्यो अवस्थामा सर्वोच्च अदालतको फैसला अनुसार कुनै न कुनै विकल्पमा जानु नै सही हुन्थ्यो र त्यो कुरामा हाम्रँे पार्टीले पनि जोड दिंदै आएको थियो । त्यस अनुसार अर्को निर्वाचनको घोषणालाई पनि गलत भन्न सकिन्न । तर त्यसरी निर्वाचनको घोषणा गर्दा व्यवस्थापिका संसदद्वारा आवश्यक संवैधानिक विधि पु�याएर त्यसको मितिको घोषणा गर्नु तथा त्यो निर्वाचन सम्पन्न गर्नका लागि सरकार बारे पनि औपचारिक रुपले निर्णय गर्नु नै सही कार्य हुन्थ्यो । तर त्यस प्रकारको वैधानिक विधि नपु�याइकन वा आवश्यक सहमति कायम नगरिकन जसरी निर्वाचनको मितिको घोषणा गरियो र वर्तमान सरकारमा नै कार्यकारी अधिकार निहित हुनेछ भनी वर्तमान सरकारले नै निर्वाचन सम्पन्न गर्नेछ भन्ने जुन घोषणा गरियो, त्यो सम्पूर्ण प्रक्रियालाई असंवैधानिक मान्दै हाम्रो पार्टीले त्यसको विरोध गर्दछ । त्यस प्रकारको असंवैधानिक र गलत प्रक्रियालाई सच्चाउने सही कार्यविधि के हो र के हुनुपर्दछ ? त्यसबारे सम्बन्धित सबै पक्ष र परिस्थितिको मूल्यांकन गरी हाम्रो पार्टीले आफ्नो नीति निश्चित गर्नेछ ।
हाम्रो पार्टीले शान्ति र संविधानका जिम्मेवारी पूरा गर्न भट्टराई सरकारलाई समर्थन दिएको थियो । तर प्रथम, त्यो सरकारको नेतृत्वमा संविधानको निर्माण नभइकन संविधानसभाको विघटन भएको र, द्वितीय, आवश्यक सहमति कायम नगरिकन भट्टराई सरकारले आफूलाई कार्यकारी अधिकार सम्पन्न घोषित गर्दा देशमा अधिनायकवादी शासन कायम हुने सम्भावना समेत देखापरेको हुनाले हाम्रो पार्टीले त्यसलाई दिइएको समर्थनको औचित्यता स्वतः समाप्त भएको छ । त्यसैले अब हाम्रो पार्टीले भट्टराई सरकारलाई दिएको समर्थन स्वतः समाप्त भएको कुरा स्पष्ट गर्न चाहन्छ ।
उपरोक्त आधारमा हाम्रो पार्टीले देशव्यापी रुपमा विरोध सभाहरुको आयोजना गर्ने निर्णय समेत गरेको छ । त्यसका साथै अन्तमा आज गणतन्त्र दिवसको अवसरमा देशमा कायम भएको गणतन्त्रलाई संस्थागत र सुदृढ गर्न तथा त्यसलाई खतम गर्नका लागि भइरहेका सबै प्रयत्नहरुका विरुद्ध उच्च प्रकारको सतर्कता अपनाउन र ऐध्यवद्धता कायम गर्नका लागि पनि हाम्रो पार्टीले गणतन्त्र पक्षधर सम्पूर्ण राजनीतिक शक्ति, संघ�संस्था र आम जनतासित पनि अपील गर्दछ ।
मिति : २०६९ जेष्ठ १५ गते
मोहनविक्रम सिंह
महामन्त्री
0 comments