• नेपाल
  • प्रवास
  • विश्व
  • रेडियो / बहस
  • दृष्टिकोण
  • भलाकुसारी
  • साहित्य
  • जानकारी
  • मनोरञ्जन
  • प्रविधि
  • श्रव्यदृश्य
  • फोटो ग्यालरी
  • ENGLISH

----------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------
----
  • गृह पृष्‍ठ
  • समाचार
  • मनोरञ्जन
  • यौन जीवन
  • अचम्मैको दुनियाँ
  • सङ्गीत संसार
  • वृत्तचित्र (डकुमेन्ट्री) हरु
  • साहित्य
  • कुराकानी
  • दृष्‍टिकोण
  • फोटोशुट
  • ENGLISH
Press Release » १४ जेठ नेपालको इतिहासमा कालो दिन : जनजाति महासंघ
१४ जेठ नेपालको इतिहासमा कालो दिन : जनजाति महासंघ

Place your ad here
Loading...

नेपाल आदिवासी जनजाति महासंघ सचिवालय प्रेस विज्ञप्ति

नेपाल आदिवासी जनजाति महासंघ
संघीय परिषद् सचिवालयप्रेस विज्ञप्ति 
मितिः २०६९ जेठ १५ गते

संविधान जारि नगरि संविधानसभा विघटन भएबाट नेपाल आदिवासी जनजाति महासंघ स्तब्ध भएको छ । षडयन्त्रमूलक ढंगबाट संविधानसभा विघटन गरिएको छ । यो विघटनले मुलुकलाई वर्षौ पछाडि धकेलेको छ । नेपाली जनताले अधिकार र न्याय प्राप्तिका लागि अरु संघर्ष गर्नुपर्ने भएको छ मुलुकको आर्थिक विकास पछाडि धकेलिएको छ ।
यसका निम्ति संविधानसभाका निर्णायक राजनीतिक दल तथा शक्तिका शीर्ष नेतृत्व जिम्मेवार रहेका छन् । उनीहरुलाई नेपाली जनताले अवश्य दण्डित गर्नेछन् । संविधानसभा विघटनमा सम्पूर्ण सभासद् दोषी रहेका छन् यो असफलताको नैतिक जिम्मेवारी उनीहरु सबैले लिनुपर्छ तथापि सबै सभासद्लाई एकै दर्जा र स्तरको दोषी देखाउनु भनेको मुख्य जिम्मेवार नेताहरुलाई दोषबाट उन्मुक्ति दिनु हो । बास्तवमा सभासद्हरुलाई लाचार र रबर स्टाम्प बनाउने काम राजनीतिक दलहरुको नेतृत्वले गरेको थियो । संविधानसभाको सम्पूर्ण अधिकार केही नेताले आफूमा केन्द्रीत गरेका थिए । परिणामस्वरुप बिना उपलब्धी संविधानसभा विघटन हुन पुगेको छ ।

आजसम्मका सम्पूर्ण राजनीतिक आन्दोलन र उपलब्धीहरुलाई संस्थागत गर्ने सुनौलो मौका मुलुकले गुमाएको १४ जेठको दिन नेपालको इतिहासमा कालो दिनका रुपमा रहनेछ । ऐतिहासिक बन्नुपर्ने दिनलाई कालो दिनमा परिणत गर्न जिम्मेवार सीमित दलका सीमित नेताहरुको झुण्डलाई नेपाली जनताले माफ गर्ने छैन ।

राजनीतिक दलहरुले संघीयता सम्बन्धमा सहमति गर्न नसक्दा संविधानसभा विघटन भएको देखिन्छ । कतिपय राजनीतिक दल तथा नेताहरुले मुखले संघीयता भन्ने तर संघीयताको घाटी निमोठ्ने दोहोरो भूमिका निर्वाह गर्नाले संघीयतामा सहमति हुन नसकेको हो । त्यसैगरि संघीयता सम्बन्धमा संविधानसभामा गलत अवधारणा भित्राउनाले पनि सहमति हुन नसकेको हो । नेपालको धरातलीय यथार्थ नेपालको अर्थतन्त्र नेपालको विद्यमान संरचनाहरुलाई ध्यानमा नराखी अन्य मुलुकको संघीयताको मोडल अनुकरण गर्न खोज्नाले पनि दलहरुबीच सहमतिको विन्दु भेटिन नसकेको हो । राजनीतिक दलहरुको शीर्ष नेतृत्व जनताको विचार र भावनाबाट बेखबर भएकाले पनि यस्तो अवस्था आएको हो ।

जनतालाई अधिकार सम्पन्न बनाउने मुलुकलाई संघीयतामा लैजाने विषयमा संविधानसभाभित्र मतभेद हुनाले यो अवस्था आएको हो । जनअधिकार र संघीयता विरोधी राजनीतिक शक्ति तथा नेताहरुलाई अब नेपाली जनताले पहिचान गर्नुपर्ने भएको छ ।

अब मुलुकमा नयाँ निर्वाचनको विकल्प नरहेको नेपाल आदिवासी जनजाति महासंघको ठहर छ । मुलुकमा अब कुनैपनि निर्णय गर्दा सर्वपक्षीय सहमति गरेर मात्र गर्नुपर्ने माग नेपाल आदिवासी जनजाति महासंघको रहेको छ ।

नेपाल आदिवासी जनजाति महासंघले आज दिउँसो १२ बजे काठमाडौं सहित देशब्यापी रुपमा विरोध प्रदर्शन गर्ने
यसैगरि नेपाल आदिवासी जनजाति महासंघले आउँदो साता राष्टिय राजनीतिक सम्मेलन पनि आयोजना गर्दैछ


राजकुमार लेखी थारु 
अध्यक्ष
नेपाल आदिवासी जनजाति महासंघ
संघीय परिषद् सचिवालय
Place your ad here
Loading...

Labels: Press Release

0 comments

Post a Comment
Newer Post Older Post Home
PageRank

आभारी छौ, सहयात्रीहरुप्रति
हाम्रा पछिल्ला सामग्रीहरु
हाम्रा सामग्रीहरुको वर्गीकरण
  • LABELs (3)
Copyright © 2013. www.NamasteNEPALI.com All rights reserved
Template Design Modified by: Yogendra Milan Chhantyal