• नेपाल
  • प्रवास
  • विश्व
  • रेडियो / बहस
  • दृष्टिकोण
  • भलाकुसारी
  • साहित्य
  • जानकारी
  • मनोरञ्जन
  • प्रविधि
  • श्रव्यदृश्य
  • फोटो ग्यालरी
  • ENGLISH

----------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------
----
  • गृह पृष्‍ठ
  • समाचार
  • मनोरञ्जन
  • यौन जीवन
  • अचम्मैको दुनियाँ
  • सङ्गीत संसार
  • वृत्तचित्र (डकुमेन्ट्री) हरु
  • साहित्य
  • कुराकानी
  • दृष्‍टिकोण
  • फोटोशुट
  • ENGLISH
Press Release » दोषीलाई कारबाही, सञ्चारकर्मीको सुरक्षा र तत्काल क्षतिपूर्तिका लागि माग
दोषीलाई कारबाही, सञ्चारकर्मीको सुरक्षा र तत्काल क्षतिपूर्तिका लागि माग

Place your ad here
Loading...

नेपाल आदिवासी जनजाति महासंघ संयुक्त संघर्ष समितिको आयोजनामा आज भएको बन्दका क्रममा विहानैदेखि सञ्चारमाध्यमका सवारी साधन तोडफोड गर्ने, सञ्चारकर्मीमाथि कुटपिट र दुव्र्यवहार गर्ने काम भएकोमा नेपाल पत्रकार महासंघ खेद व्यक्त गर्दछ । र, आफ्नैअगाडि सञ्चारकर्मीमाथि आक्रमण गरेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हमला गर्ने गतिविधि भैरहँदा पनि मुखदर्शक बस्ने प्रहरी प्रशासनको रवैया र सरकारप्रति महासंघ निन्दा र भत्र्सना गर्दछ ।
साथै, महासंघ प्रेसमाथि भैरहेका ज्यादती अविलम्ब बन्द गर्न, सञ्चारकर्मी र सञ्चारमाध्यमका सवारी साधनमाथि भएका तोडफोडको क्षतिपूर्ति दिन र घाइतेहरुको उपचार व्यवस्था गर्न सरकारसँग माग गर्दछ ।

आज विहान ८:३० बजे सिटिजन्स एफएम ९४ मेघाहर्जका पत्रकार दिनेश गौतमलाई फोटो खिचिरहेको अवस्थामा बन्दकर्ताहरुले बौद्ध, टुसालमा रड प्रहार गरी घाइते बनाउनुका साथै बा ४६ प ३४२१ नम्बरको उनको मोटरसाइकलसमेत तोडफोड गरेका छन् भने सानेपामा विहान ७ः४५ बजे एन्टेना फाउण्डेसनका पत्रकार राजन पराजुलीलाई विहानको कार्यक्रम चलाउन कार्यालयतर्फ जानेक्रममा कुपण्डोलमा १५÷१६ जनाको समुहमा रहेका बन्दकर्ताहरुले पत्रकारको परिचयपत्र देखाउँदा पनि दुव्र्यवहार गर्दै बाटो छेकेर उनी सवार बा २८ प २०४ नम्बरको मोटरसाइकलमा आगजनी गरेका छन् । आगजनीबाट मोटरसाइकलमा पूर्ण क्षति पुगेको छ ।

यसैगरी सगरमाथा टेलिभिजनका राधेश्याम दाहाल, रोडम्याप साप्ताहिकका शक्ति कार्की र प्रकाश कट्टेल एवं खेलकुद पत्रकार महासंघका विकु तामाङ समाचार संकलनका लागि बा १० प ७०२३ र बा २२ प २८७८ नम्बरका दुईवटा मोटरसाइकलमा जाने क्रममा कुपण्डोलको सानेपाचोकनजिकै पुग्दा बन्दकर्ताहरुले दुव्र्यवहार र कुटपिट गर्नुका साथै दुवै मोटरसाइकल जलाएका छन् । कुटपिटबाट पत्रकार तामाङ घाइते भएका छन् । लगनखेलमा मुक्तिपत्र साप्ताहिकका सम्पादक उपेन्द्र शर्मालाई दुव्र्यवहार र उनको मोटरसाइकल तोडफोड भएको छ भने चावहिलमा गोरखापत्र दैनिकका पत्रकारद्वय राजेश चाम्लिङ राई र शम्भुकुमार प्रसाई एवं राजधानी दैनिकका विजय चाम्लिङलाई बन्दकर्ताहरुले अपशब्द प्रयोग गरेको र पत्रकरा राइलाई हातपातसमेत भएको छ ।

बन्दकर्ताहरुले हिमालय टेलिभिजनका क्यामेरा पसर्न वाइपी घिमिरेलाई कार्यालयतर्फ जाँदै गर्दा ग्वार्कोचोकमा कुटपिट गर्दै उनको बा २० प ३८९९ नम्बरको मोटरसाइकल जलाएका छन् भने उता कुपण्डोलमा विहानै कारोबार दैनिकका पत्रकार दिपेन्द्र कार्कीलाई दुव्र्यवहार गर्दै उनी सवार बा ९ च बा ४१ प १५०७ नम्बरको मोटरसाइकलसमेत तोडफोड गरेको छन् ।

त्यसैगरी विहानै पत्रिका वितरण गरेर फर्किएको कान्तिपुर पब्लिकेसन्सको बा ९ च ५५३७ नम्बरको गाडीलाई जोरपाटीमा बन्दकर्ताले ढुंगामुढा र लाठी प्रहार गरी तोडफोड गरेका छन् भने उता बुद्धनगरमा कान्तिपुर टेलिभिजनको बा ८ च ७६७७ नम्बरको गाडीमा समेत तोडफोड भएको छ ।

त्यस्तै बन्दकर्ताहरुले समाचार संकलनका लागि हिँडेको एवीसी टेलिभिजनको बा ६ च ५०७२ नम्बरको गाडीलाई चावहिलमा तोडफोड गरी स्टेरिङ्ग भाँचिदिई गाडीको साँचोसमेत नियन्त्रणमा लिएका छन् भने उता ग्वार्कोमा एवीसी टेलिभिजनकै बा ३६ प ७८०१ नम्बरको मोटरसाइकल तोडफोड गरेका छन् । त्यस्तै बन्दकर्ताले तीनचुले बौद्धमा एभिन्यूज टेलिभिजनको बा ९ च ४५५८ नम्बरको गाडीमा समेत तोडफोड गरी क्षति पुर्‍याएका छन् ।

यसैगरी गौशाला चोकमा मध्यान्ह १२:०० बजे नयाँ पत्रिका दैनिकका पत्रकार प्रकाश गुरागाईलाई  दुव्र्यवहार गर्दै बन्दकर्ताले उनको ना १२ प ५७१० नम्बरको मोटरसाइकल तोडफोड गरे भने चावहिलमा माउन्टेन टेलिभिजनका पत्रकार रोहित भण्डारीलाई कुटपिट र उनको क्यामेरासमेत खोसेका छन् । चावहिलमै समाचार सकंलन गरी फर्किएको नेवाल वान टेलिभिजनको बा ७ च १६०० नम्बरको गाडी तोडफोड र गाडीमा रहेका पत्रकार कविता अधिकारी र क्यामेरा पसर्न मंगल लामालाई दुव्र्यवहारका साथै क्यामेरा पसर्न लामामाथि कुटपिट पनि भएको छ । क्यापिटल एफएमका पत्रकार शम्भु दंगाललाई समाचार संकलनका लागि साइकलमा गैरहेको अवस्थामा ललितपुरको धोविघाटमा बन्दकर्ताले ‘दंगाल भनेको बाहुनकि नेवार भनेर सोध्दै बाहुनले हाम्रो समाचार लेख्दैन भन्दै पत्रकार दंगाललाई लाठी प्रहार गर्नुका साथै साइकलमा समेत क्षति पुर्‍याएका छन् । लाठी प्रहारबाट पत्रकार दंगालको घुँडामा चोट लागेको छ ।

यस्तै सगरमाथा टेलिभिजनका पत्रकारहरु सरल गुरुङ, सतीश सुवेदी, अक्कल कुँवर र पुण्य धमलामाथि बन्दकर्ताले हातपात गर्नुका साथै उनीहरु सवार बा २७ प ६८३२ नम्बरको मोटरसाइकल कुपण्डोलमा जलाए भने बा २५ प ३७४७ र बा २५ प ८८५४ नम्बरको मोटरसाइकल र दुई थान क्यामेरासमेत तोडफोड गरेका छन् ।
यसैबीच मोरङमा समाचार सकंलन गरी फर्किएका पत्रकारहरु गणेश निरौला, धु्रव भट्टराई र सुरेश घिमिरेलाई बन्दकर्ताहरुले आफूअनुकूलको समाचार प्रकाशन नगरेको भन्दै पत्रकारत्रयलाई ४५ मिनेट नियन्त्रणमा लिनुका साथै उनीहरुको प्रेस कार्डसमेत खोसेका छन् भने सुनसरीको तरहरामा पत्रकार दामोदर गुरागाईलाई बन्दका बेला मोटरसाइकल चलाएको भन्दै दुव्र्यवहार गरेका छन् । सिन्धुलीमा बन्दको समाचार प्रकाशित नगरेको निहुँमा बन्दकर्ताले सिन्धुलीबाट प्रकाशित हुने जनबोली दैनिक पत्रिका जलाउनुका साथै ९७४४०४०९९६ नम्बरको मोबाइलबाट पत्रिकाको कार्यालयमा फोन गरी तामाङसालिङ पार्टी कार्यालयमा आई लिखित स्पष्टीकरण दिन र नदिएमा कालोसूचीमा राख्ने र कारबाही गर्ने धम्की दिएका छन् । त्यस्तै नेपालगञ्जबाट बुटवल पत्रिका पु¥याएर फर्किएको नागरिक दैनिकको भे १ च १०८३ नम्बरको गाडीमा बन्दकर्ताबाट तोडफोड भएको छ ।

यसैगरी प्राप्त पछिल्लो विवरण राजधानी दैनिकका पत्रकार नवराज चालिसेलाई चावहिल चोकमा कुटपिट गर्नुका साथै उनी सवार बा २८ प ६८५ नम्बरको मोटरसाइकल तोडफोड गरेका छन् । आजै न्यूज २४ का सम्वाददाता रामशुभक महतो र क्यामेरा पर्सन केशव निरौलामाथि ललितपुरको ग्वार्कोमा कुटपिट गरिएको छ । महतो र निरौलाका साथमा रहेको टेलिभिजन क्यामरा पनि लुटिएको छ ।

यसैबीच नागरिक दैनिकका सम्वाददाता गोविन्द परियारलाई बन्दकर्ताले चावहिल चोकमा आक्रमण गर्नुका साथै उनको बा २९ प ५५८४ नम्बरको मोटरसाइकल तोडफोड गरेका छन् । पत्रकार परियारले आफू पत्रकार रहेको परिचय दिँदासमेत बन्दकर्ताले उनीमाथि आक्रमण गर्दै मोटरसाइकल तोडफोड गरेका थिए । नेपाल टेलिभिजनका क्यामेरा पर्सन शिव पंगेनीलाई पनि बन्दकर्ताले ललितपुरको सातदोबाटोमा दुव्र्यवहार गरेका छन् ।

यसैगरी सञ्चार संस्थामाथि समेत आज आक्रमणको प्रयास भएको छ । कान्तिपुर एफएम परिसरमा गएको हुलले एफएम तोडफोड गर्न खोज्दा स्थानीय वासिन्दाको सहयोगमा प्रहरीले विफल तुल्याएको छ । महासंघ यस्तो ज्यादतीको घोर निन्दा र भत्र्सना गर्दछ ।

अधिकारका लागि भएको भनिएको आन्दोलनमा प्रेसजस्तो नागरिकलाई सुसूचित गराउने र विचार निर्माणमा सघाउने आमसञ्चारकर्मीलाई आक्रमण गर्नु र सञ्चारसंस्थाका सवारी साधनमा क्षति पुर्‍याउनु चिन्ताको विषय हो । महासंघ लोकतन्त्रविरोधी यस्ता क्रियाकलाप तत्काल सच्याउन सम्बन्धित सबैमा माग गर्दछ र सरकारलाई आमसञ्चार क्षेत्रको सुरक्षामा विशेष ध्यान पुर्‍याउन आग्रह गर्दै घाइते पत्रकारहरुलाई उपचारको व्यवस्था मिलाउन र आक्रमणबाट सञ्चारसंस्था र सञ्चारकर्मीको सवारी साधनमा भएको क्षतिको तत्काल क्षतिपूर्ति दिलाउन माग गर्दछ ।
Place your ad here
Loading...

Labels: Press Release

0 comments

Post a Comment
Newer Post Older Post Home
PageRank

आभारी छौ, सहयात्रीहरुप्रति
हाम्रा पछिल्ला सामग्रीहरु
हाम्रा सामग्रीहरुको वर्गीकरण
  • LABELs (3)
Copyright © 2013. www.NamasteNEPALI.com All rights reserved
Template Design Modified by: Yogendra Milan Chhantyal