डोटीमा माइक्रोबस दुर्घटना, १० जनाको मृत्यु
काठमाण्डौ, १२ असार । डडेलधुराबाट महेन्द्रनगर जाँदै गरेको माइक्रोबस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् । मृत्यु भएका मध्ये सात जनाको सनाखत भएको छ ।
जसमध्ये भारतीय नागरिक फिदा हुसैन, जोगवुढा डडेल्धुराका कैलाशदक्त जोशी, पीपलाडी कञ्चनपुरका जगन्नाथ बोहरा, घण्टेश्वर डोटीका चन्द्रबहादुर बिक, सिलंगा बैतडीका मदनराज पन्त, भागेश्वर डडेल्धुराकी जानकीदेवी जोशी र रुपाल गाबिस रुइनपाटाकी चन्द्रादेवी पाण्डेयको पहिचान खुलेको छ । गम्भिर घाइते भएका बैतडीका धर्मराज पन्त, चिपुर डडेल्धुराका दिदीबहिनी कविता महत्ता र रोजीना महत्ताको उपचार भर्इरहेको छ ।
महाकाली यातायातको से १ ख ५०२ नम्बरको माइक्रोबस बिहान करिव सवा आठ बजे डोटी जिल्लाको छतिवन गाविसको रुवसडाँडामा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी प्रमुख डीएसपी भरत बोहोराले जानकारी दिनुभयो । माइक्रोबस घुम्तीबाट एक सय ५० मिटर तल खसेको बताइएको छ ।




0 comments