लोडसेडिङ अब दैनिक पाँच घण्टा मात्र
काठमाण्डौं , १२ असार । विद्युत प्राधिकरणले बुधबारदेखि लागु हुनेगरी लोड सेडिङको तालिका एक घण्टा घटाएको छ । अव दैनिक पाँच घण्टा मात्र लोडसेडिङ हुने भएको छ ।
नदीमा पानीको प्रवाह बढेर विद्युत उत्पादनमा सुधार आएको भन्दै प्राधिकरणले लोडसेडिङ घटाएको छ । बुधबारदेखि सातामा ३५ घण्टा बत्ति जानेछ । हाल दैनिक ६ घण्टा लोडसेडिङ भैरहेको छ । बर्षा सुरु भएपछि राजधानी लगायत तराई क्षेत्रमा विद्युत् माग पनि घटेको प्राधिकरणले जनाएको छ ।
नेपालमा अझै ३ सय ७५ मेगावाट विजुली आपूर्ति कम भएकाले दैनिक पाँच घण्टा लोडसेडिङ हुने भएको प्राधिकरण सञ्चालन विभागका प्रवन्धक भुवनकुमार क्षेत्रीले जानकारी दिनुभएको छ ।




0 comments